Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

श्रमजीवि पत्रकारले भोगिरहेका समस्या र समाधानको उपाय विषयमा आयोजित मबवानपुर जिल्लामा आयोजित जिल्ला स्तरिय कार्यक्रमको प्रतिवेदन

 

न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा २०७९ वैशाख ११ गते मकवानपुर जिल्लाको हेटौंडामा जिल्लास्तरिय कार्यक्रम सम्पन्न भयो ।

प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का र नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणि राज गौतमले गर्नुभएको थियो ।

श्रमजीवि पत्रकारले भोगिरहेका समस्या र समाधानका उपायका विषयमा आयोजित उक्त अन्र्तिक्रया कार्यक्रममा जिल्लाको अवस्थाबारे वरिष्ठ पत्रकार नवराज शर्माले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा अतिथिका रुपमा रहनुभएका पत्रकारिता क्षेत्र संग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिले जिल्लाको अबस्थाको बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रमका अतिथिहरुमा नेपाल पत्रकार महासंघका वाग्मती प्रदेशका केन्द्रीय सदस्य सुनिल खड्का र धु्रव रावल , संचारिका समूहका वाग्मती प्रदेश अध्यक्ष सरिता दाहाल, व्यवसायिक रेडियोहरुको संस्था बानका उपाध्यक्ष .. उज्जवल चौलागाई , प्रेस चौतारीका जिल्ला अध्यक्ष वालकृष्ण अधिकारी , नेपाल प्रेस यूनियनका गिरिजा अधिकारी ,नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष हरि हुमागाई , वरिष्ठ पत्रकार सुवर्ण श्रेष्ठ लगायतले ऐन कार्यान्वयनका लागि महत्वपूर्ण सुझाव राख्नुभएको थियो ।
अतिथिहरुको मन्तव्य पश्चात हलमा रहनुभएका पत्रकारहरुले आफ्नो भोगाई र आगामी दिनमा समितिले ऐन प्रभावकारी कार्यान्वयनका लागि चाल्नु पर्ने कदमका बारेमा सुझाव समेत राख्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले ऐन कार्यान्वयनका लागि समितिले प्रभावकारी रुपमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदै उक्त कार्यमा महासंघ हमेशा साथमा हुने प्रतिवद्धता जाहेर गर्नुभयो । मुलुकको शासन व्यवस्था नै पटक पटक बदलिदा पनि ऐन समय सापेक्ष परिमार्जनका बारेमा कहिल्यै बहश नभएको बताउदै ऐनमा भएका केही कमजोरी छन् भने त्यसमा पनि छलफल गरेर संशोधन गरि ऐनलाई पूर्ण कार्यान्वयन गरिनुपर्नेमा विष्टले जोड दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले आफ्नो कार्यकालको पहिलो औपचारिक कार्यक्रम हेटौंडामा गर्न पाउँदा खुशि प्रकट गर्दै श्रमजीवि पत्रकारले भोगिरहेको समस्यालाई समाधान गर्न सबै सरोकारवाला निकायको साथ आवश्यक भएको बताउनुभयो । कार्यक्रममा उठेका जिज्ञासाको सम्बोधन गर्दै अध्यक्ष खड्काले श्रमजीवि पत्रकारले भोगिरहेको समस्या सधै मुद्धाको रुपमा मात्रै सिमित हुननहुने धारणा राख्दै सबै संग हातेमालो गर्दै अघि बढ्ने र समस्या समाधानका लागि अग्रपक्तिमा रहेर कामगर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको विकासका लागि श्रमजीवि पत्रकारको हित पहिलो सर्त भएको बताउदै नेपाली पत्रकारहरुले भोगिरहेको समस्या समाधानका लागि काउन्सिल सधै साथमा रहनेधारणा राख्नु भयो ।

 

 

© copyright 2019 and all right reserved