Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

पत्रकारको हकहितका लागि निरन्तर लाग्नेछु : अध्यक्ष खड्का

काठमाडौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष संगिता खड्काले श्रमजीवि पत्रकारहरुको हकहितका लागि निरन्तर लागिरहने बताउनुभएको छ ।

आज समितको कार्यालयमा अध्यक्ष पदको पदबहाली गर्दै उहाँले सो कुरा बताउनुभएको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमै कृयाशील खड्कालाई मन्त्रीपरिषदको बैठकले चैत्र १७ गते समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

 

अध्यक्ष नियुक्त भएपछि पदबहाली गर्दै खड्काले आफू लामो समयदेखि पत्रकारिता क्षेत्रमै रहेर काम गर्दै आएकाले श्रमजीवी पत्रकारहरुको समस्यालाई नजिकबाट नियालेको र ती समस्या समाधानका लागि आफू कतिबद्ध रहेको बताउनुभयो ।

उहाँले संचारजगतमा देखिएको विभिन्न खालको समस्याहरुलाई निराकरण गर्नका लागि यस समिति लागिपर्ने पनि बताउनुभयो ।

 

उहाँलाई यस समितिको सदस्य सचिव एवम् सूचना तथा प्रशारण विभागमा महानिर्देशक गोगनबहादुर हमाल, त्यस्तै समतिका सदस्य द्वय गोपाल तिवारी र ऋषिकेश श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

सूचना मन्त्रालय अन्तर्गतका प्रमुख पदमा पहिलो पटक खड्का नियुक्त हुनुभएको हो । यस अघि महिलालाई जिम्मेवारी दिईएको थिएन ।

 

अध्यक्षमा नियुक्त खड्काले यसअघि नेपाल पत्रकार महासंघको सचिव तथा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य भएर काम गरिसक्नुभएको छ ।

 

© copyright 2019 and all right reserved