Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

न्यूनतम पारिश्रमिक निर्धारण समितिको बोर्ड बैठक सम्पन्न

काठमाडौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको बैठक आज मिति २०७८  फागुन ९ गते समितिको कार्यालयमा सम्पन्न भएको छ  । यस समितिका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा विभिन्न विषयमा छलफल भएको छ ।

बैठकमा समतिले हालसम्म श्रमजीवि पत्रकारको विषयमा छलफल गदै आगामी दिनमा अझै प्रभावकारी भूमिका खेल्नुपर्ने विषयलाई सहभागीहरुले जोड दिएको थियो ।No description available.

बैठकमा समतिका अध्यक्ष अर्यालले विषय उठान गर्नुभएको थियो भने सहभागी सदस्यहरुले आ आफ्ना राय प्रस्तुत गर्नुभएको थियो । सरकारले यस समिति खारेजीको प्रकृया अगाडी बढाएकोमा त्यसो गर्न नहुने र यदि त्यसै गर्नुपरे जुन कानुनी आधार टेकेर निर्माण गरिएको हो सोही अनुसार विघटन गर्नुपर्ने बताईएको थियो ।No description available.

बैठकमा यस समितिका सदस्य तथा सहसचिव उत्तमकुमार खत्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस समितिका सदस्य सचिव एवम् सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमाल, सदस्य एवम् नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको उपस्थिति रहेको थियो ।No description available.

त्यस्तै यस समितिका सदस्य विमला पाण्डे, गिरु भण्डारी ऋषिकेश श्रेष्ठ र गोपाल तिवारीको उपस्थिति रहेको थियो ।
वैठकमा उहाँहरुले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।

© copyright 2019 and all right reserved