Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

सदस्य सचिव शर्मालाई बिदाई

काठमाडौ । सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा यस समितिका सदस्य सचिव किरणराज शर्मालाई यस न्यूनतम पारिश्रमिक निर्धारण समितिले एक कार्यक्रम गरी बिदाई गरेको छ ।

PRS_2956.JPG

विभागको महानिर्देशक,प्रेस रजिष्ट्रार, यस समितिको पदेन सदस्य सचिव रहेका शर्मालाई यस समितिका अध्यक्ष राजेन्द्र अर्यालले कदरपत्र हस्तान्रण गरी बिदाई गर्नुभएको हो ।

No description available.
यस समितिमा सदस्य सचिवका रुपमा विभागको महानिर्देशक,प्रेस रजिष्ट्रार रहने कानुनी व्यवस्था रहेको छ । जसअनुसार शर्माले समितिको सदस्य सचिवका रुपमा काम गर्दै आउनुभएको थियो । जसको कदर गर्दै समितिले बिदाई कार्यक्रम राखी शर्मालाई बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष अर्यालले शर्माले सदस्य सचिवका रुपमा समितिलाई गर्नुभएको सहयोग अविष्मरणीय रहेको बताउँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

No description available.

यस्तै बिदाई कार्यक्रममा बोल्दै शर्माले बिदाई कार्यक्रम राखेकोमा समितिप्रति आभार प्रकट गर्नुभएको थियो ।

 

© copyright 2019 and all right reserved