Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

अव जिल्ला हुलाक कार्यालयबाटै प्रेस पास र अनलाइन नविकरण हुने

काठमाडौं, । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्लाबाटै प्रेस पास र अनलाइन नविकरणको व्यवस्था मिलाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभरका पत्रकारहरु समस्यामा परेको भन्दै यस्तो व्यवस्था लागू गर्न निर्देशन दिनुभएअनुसार उक्त व्यवस्था लागू भएको हो ।

प्रेस पास नविकरण र अनलाइन नविकरणका लागि सूचना तथा प्रशारण बिभागमै धाउनु पर्ने बाध्यताका कारण देशभरका पत्रकारले निकै सास्ती खेप्नुपरेको थियो । अब त्यो अवस्था रहँदैन । मन्त्री गुरुङले मन्त्री स्तरीय निर्णय गरी जिल्ला हुलाक कार्यालयबाटै सो काम गर्ने ब्यवस्था मिलाउनु भएको हो ।

‘प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाईन नविकरणको अधिकार जिल्ला हुलाक कार्यालयमा प्रत्यायोजन गरिएको छ,’ सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव डिल्लीराम शर्माले बताउनुभयो । मन्त्रालयले एिक बिज्ञप्ती नै जारी गरी अव जिल्ला हुलाकबाटै यी काम हुने प्रष्ट पारेको छ।

© copyright 2019 and all right reserved