Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

मन्त्रालयका प्राथमिकताको काम अगाडी बढाउन मन्त्री गुरूङको निर्देशन

काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गर रहेका १८ वटा निकायको चौमासिक समिक्षा वैठक सकिएको छ । गत १८ गते र २३ गरी दुई दिन समिक्षा वैठक भएको थियो ।

समिक्षा वैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समिक्षा वैठकमा मन्त्रालय अन्र्तगत भएका विभिन्न निकायको प्रस्तुतीलाई सरलीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै मन्त्री गुरुङले समिक्षा पुरानै ढर्रा र ढाचामा चलिरहेकोले यसलाई परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

मन्त्री गुरुङले समिक्षा वैठक बस्दा फरक खालको कार्ययोजनासहित आउन पनि निर्देशन दिनुभयो ।

२०७७–७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति वैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेका न्यूनतम पारिश्रमिक निर्धारण समिति,नेपाल दूरसंचार प्राधिकरण,गोरखापत्र संस्थान, रेडियो नेपाल, रासस,नेपाल टेलिकम, नेपाल टेलिभिजन,राष्ट्रिय सूचना आयोग,हुलाक सेवालगायत १८ वटा निकायका प्रमुखले आफ्नो कार्यालयको प्रगति विवरण, समस्या लगायत का विषयमा प्रस्तुपित दिनुभएको थियो ।

 

© copyright 2019 and all right reserved