Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

संचार माध्यममा परेको असर र श्रमजीवी पत्रकारहरुको समस्या समाधानको विषयमा छलफल

मितिः २०७७÷०३÷०७

संचार माध्यममा परेको असर र श्रमजीवी पत्रकारहरुको समस्या समाधानको विषयमा छलफल
लकडाउनपछि संचार माध्यममा परेको असर र श्रमजीवी पत्रकारहरुको समस्या समाधानको विषयमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले मिडिया संचालकहरुसँग अन्तरक्रिया गरेको छ । सूचना तथा प्रशारण विभागमा भएको छलफलमा समितिका अध्यक्ष राजेन्द्र अर्यालले आम संचार माध्यमलाई कसरी संरक्षण गर्ने एउटा पाटो छ भने अर्को तर्फ श्रमजीवी पत्रकारहरुका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफलको आयोजना गरिएको बताउनुभयो ।

सो अवसरमा सूचना तथा प्रशारण विभागका महानिर्देशक तथा सदस्य सचिव लेखनाथ शर्माले कोभिडको बाहनामा पत्रकारहरुलाई निकाल्ने,पारिश्रमिक नदिने जस्ता उजुरीहरु विभागमा अहिले पछिल्लो समयमा आएर धेरै आउने गरेको बताउनुभयो ।

छलफलमा मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेंलले श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संचार संस्था आफै कति समय चल्छ भन्ने ठूलो समस्या देखिएको बताउनुभयो । मिडिया उद्योगलाई संरक्षण गर्न सरकारले गम्भीर ध्यान दिनुपर्ने अध्यक्ष कडेंलले बताउनुभयो । ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का अध्यक्ष चन्द्र न्यौपानेले ठूला मिडिया चलाउन अहिले निकै चुनौती भएको भन्दै संघ,प्रदेश र स्थानीय सरकारले विभिन्न ढंगले सहयोग गर्नुपर्ने बताउनुभयो ।

यस्तै छलफलमा सामुदायिक रेडियो प्रसारक संघ(एको¥याब) का अध्यक्ष सुभाष खतिवडाले मिडिया जोगाउन सरकारले मिडिया उद्योगलाई धरासायी हुनबाट जोगाउनको लागि २ देखि ५ प्रतिशत ब्याजमा सफ्ट लोनको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology