Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

समितिका कर्मचारीले गरे अध्यक्षलाई स्वागत

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा वरिष्ठ पत्रकार श्री राजेन्द्र अर्याल नियुक्त हुनु भएको छ । नेपाल सरकार,मन्त्रिपरिषद्को मिति २०७६÷११÷१८ को निर्णयानुसार श्रमजीवी पत्रकार सम्बन्धी ऐन,२०५१(पहिलो संशोधन २०६४) को दफा ११ को उपदफा (१) को खण्डा –क बमोजिम समितिको २ वर्षे कार्याकालका लागि मालिका आउँपालिका ६, गुल्मीका अर्याललाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । उहाँ समितिको सातौ अध्यक्ष हुनुहुन्छ । अध्यक्ष अर्यालले २०७६ फागुन २३ गते देखि समितिमा अध्यक्षको रुपमा पद बहाली गर्नुभएको छ । एक कार्यक्रमका बिच अध्यक्ष अर्याललाई कार्यालयमा स्वागत गर्दै पद बहाली गराइएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष लगायत पदाधिकारी र विभिन्न संचार माध्यमका पत्रकारहरुको उपस्थिति रहेको थियो । पद बहाली पछि संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै अध्यक्ष अर्यालले आफ्नो दुई वर्षे कार्यकालमा श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयन गराउन आफुले पहल गर्ने बताउनुभएको थियो ।

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology