Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

अध्यक्ष श्री गंगाधर पराजुलीज्यूको विदाई

मिति २०७४/९/२८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा नियुक्त हुनु भएका पोखरा लेखनाथ ५, कास्कीका श्री गंगाधर पराजुलीज्यूको दुई वर्षे कार्यकाल मिति २०७६/९/२८ गते सकिएपछि समितिको बोर्ड बैठमा समितिका सदस्यहरु तथा सदस्य सचिवज्यूले अध्यक्ष पराजुलीलाई विदाई गर्नु भएको छ। सोअवसरमा बोल्दै सदस्यहरुले अध्यक्ष पराजुलीको दुईवर्षे कार्यकाल सफल भएको भन्दै आगामी दिनहरु समेत सफल होस्भन्ने शुभकामना दिनु भएको थियो।

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology