Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

चितवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७६।०४।२८

चितवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ चितवनको सहकार्यमा चितवनको भरतपूरमा श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजिवी र मिडियाका सम्स्याहरु विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा समितिका अध्यक्ष गंगाधर पराजुलीले गत कात्तिकै महिनमा श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिकमा वृद्धि गरिएपछी त्यसलाई सुनिश्चित गर्न बैकिङ्ग प्रणाली लागु गरिएको जानकारी दिनुभयो । बैकिङ्ग प्रणालीवाट पारिश्रमिक भुक्तानी गर्ने वाध्यात्मक व्यव्स्था गरिएपछी स्वरोजगार ढंगले सञ्चालित स्थानीय मिडियालाई अप्ठेरो परेको कारण ५ जना सम्म जनशक्ति कार्यरत रहेको मिडियाको हकमा बैकिङ्ग प्रणालीलाई स्वेच्छिक बनाउने निर्णय भईसकेको पराजुलीले बताउनुभयो ।व्यवसायिक ढंगले संचालित ठुला मिडियाका सञ्चालकहरुले पनि तोकिएको न्युनतम पारिश्रमिक दिन प्रतिबद्धता व्यक्त गरेको बताउदै अध्यक्ष पराजुलीले आगामि दिनमा न्युनतम पारिश्रमिकको विषयलाई आन्दोलनको रुपमा बन्दै गएको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सभापति किशोर नेपालले पत्रकारहरुले न्युनतम पारिश्रमिकको विषयलाई भन्दा आफ्नो क्षमता विकास गर्ने कुरालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरीले जिल्ला जिल्लामा पुगेर बहस र अन्तरक्रिया गर्न सुझाव लिएर त्यसको प्रभावकारी कार्यान्वयनको पहल गरिरहेको भन्दै न्युनतम पारिश्रमिक निर्धारण समितिको कामको प्रशंसा गर्नुभयो ।तोकिएकोन्युनतम पारिश्रमिक नपाउनेहरुले पत्रकार महासंघ लगायतका निकायमा गुनासो वा उजुरी दिन पनि वहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य सृजना अर्याल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवनका विभिन्न मिडियामा कार्यरत श्रमजिवी पत्रकारहरु मनिता विश्वकर्मा, चिन्तामणी पौडेल, केशव खनाल, सुर्य अधिकारी, बबिलाल तामाङ, सुमन गैरे, प्रतिमा कुमाल र शान्ता अधिकारी लगायतले विभिन्न जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाद पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तिर्थ नेपाल
प्रतिवेदक

© copyright 2019 and all right reserved