Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

नेपालपत्रकार महासंघका तिनवटा प्रदेश समितिको संयुक्त आयोजना

काठमाण्डौं
नेपाल पत्रकार महासंघका तिनवटा प्रदेश समितिको संयुक्त आयोजना तथा न्युनतम पारिश्रमिक निर्धारण समितिको सहकार्यमा श्रमजिवीपत्रकार ऐनको कार्यान्वयन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष महेश्वर दाहाल, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष वद्री सिग्देल लगायतले श्रमजिवी पत्रकार ऐनको कार्यान्वयनका लागि सवै पक्षगंभिर रजिम्मेवार बन्न आग्रह गर्नुभएको थियो ।वहाहरुले पछिल्लो पटक वृद्धि भएको न्युनतम पारिश्रमिक सवैजसो सञ्चार प्रतिष्ठानले उपलब्ध नगराएकोले पत्रकार महासंघ र न्युनतम पारिश्रमिक निर्धारण समिति लगायतका संस्था र निकायले निरन्तर अनुगमन र दवावमुलक कार्यक्रम समेत गर्नुपर्नेमा जोड दिएका थिए ।न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष गंगाधर पराजुलीले मिडियाहरुमा कार्यरत पत्रकारहरुलाई बैकिङ्ग प्रणालीवाट पारिश्रमिक भुक्तानी गर्दा हुने कठिनाईलाई सहज बनाएको जानकारी दिनुभयो ।महासंघको उपत्यका प्रदेश समितिका अध्यक्षएन के दाहालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघको एशोसिएट प्रदेश समितिका अध्यक्ष के.पी ढुङ्गाना ,प्रतिष्ठान समितिका अध्यक्ष शेखर अधिकारी लगायतका वहाले श्रमजिवी पत्रकार ऐनको कार्यान्वय नगर्न पत्रकारहरुको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चार प्रतिष्ठानमा अनुगमन गर्नुपर्ने खाँचो औल्यउनुभयो ।

गंगाधर पराजुली

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology