Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

मकवानपुर–हेटौंडामा प्रदेश स्तरीय कार्यक्रम

मिति २०७६असोज १४
मकवानपुर–हेटौंडामाप्रदेश स्तरीय कार्यक्रम सम्पन्न
न्यूनतम पारिश्रमिक निर्धारण समितिले प्रदेश नं. ३ को हटौंडामा श्रमजिवी पत्रकार ऐनको कार्यान्व यनको अवस्था सम्बन्धमा अन्तर क्रियाकार्यक्रमको आयोजना गरियो । रेडियो सन्देशको वार्षिकोत्सवको सन्दर्भ समेत पारेर असोज १४ गते गरिएको कार्यक्रम दुई चरणमा सम्पन्नभएको थियो । जस अनुसार पहिलो चरणमा प्रदेश नं. ३ सरकारका मुख्य मन्त्री डोर मणी पौडेल र दोस्रो चरणमा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री नारनयण काजी श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश नं. ३ सरकार प्रेस मैत्री रहेको र प्रेस सम्बन्धि कानुन उचित ढंगले बनाउन लागि रहेको बताउनुभयो । सञ्चार माध्यम र पत्रकारहरुले पनि सकारात्मक ढंगले सूचना र सञ्चार सम्प्रेषण गर्न वहाले आग्रह गर्नुभयो ।
यसैगरी नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले पत्रकारहरुको हकहित र सेवासुविधाका लागि सरकार गम्भिर बन्न आग्रह गर्दै सञ्चार गृहलाई आत्म निर्भर र पत्रकारहरुलाई पनि क्षमता वानबनाउनुपर्ने खाँचो औल्याउनुभयो ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरिएपछि पनि त्यसको प्रभाब कारी कार्यान्वयन हुनन सकेको सम्बन्धमा समितिले पत्रकार महासंघ लगायतका संस्था र निकाय संग मिलेर अनुगमन गरिरहेको बताउनुभयो ।वहाँले आफु अध्यक्ष भएपछि न्युनतम पारिश्रमिक वृद्धि भएको मात्रन भएर साना लगानिका मिडियाको संरक्षण गर्न र व्यवसायिक ढंगले चलेका मिडियालाई पनि सरकारले उपयुक्त वाताव।ण तयार गर्नुपर्छ भन्ने तर्फ समिति गंभिर ढंगले लागिरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सांसद रामनारायण विडारी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरी, महासंघका प्रदेश अध्यक्षप्रताप बिष्ट, मकावानपुर शाखाका अध्यक्ष हरी हुमागाई र रेडियो सन्देशका अध्यक्ष सुनिल खड्का लगायतले श्रमजिवी पत्रकार ऐन र न्युनतम पारिश्रमिक निर्धारण समितिका गतिविधि बनेमा चर्चा गर्नुभएको थियो ।

सुनिल खड्का
प्रतिवेदक

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology