Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

श्रमजिवीपत्रकार ऐन २०५१

                                                                                                                                                                                           मिति २०७६ असोज १२
                                                                                         बनेपा

श्रमजिवीपत्रकार ऐन २०५१ बनेको साढे दुई दशकबितेको ऐनको निर्णयभएपनि यसको कार्यान्वयनका लागि चौतर्फी आवाज उठेपछी २०६४ साल देखी ऐन कार्यान्वयन गर्नको लागि सक्रियता देखिएको हो । वर्तमान सरकारले श्रमजिवीपत्रकार ऐनको कार्यान्वयनलाई थपव्यवहारीक र प्रभावकारी बनाउनको लागि प्रस्तावितआम सञ्चार विधेयकमाश्रमजिवीपत्रकार ऐनका विभिन्न व्यवस्थाहरुलाई समावेश गर्ने र श्रमजिवी पत्रकार ऐनलाई विस्थापनगर्ने प्रक्रिया अगाडि बढाएको छ ।
यसै सन्दर्भमा यहि असोज १२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रमुख अतिथ्यमा श्रमजिवीपत्रकार ऐन र बर्तमान अवस्थाविषयमा परिचर्चा कार्यक्रम सम्पन्नभयो ।
कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले श्रमजिवी पत्रकारहरुलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने कुरामा सरकार गंभिर रहेको बताउनुभयो । पत्रकारहरुले पनि ऐनमा व्यवस्था गरिए अनुसारको पारिश्रमिक माग गर्नुपर्ने भन्दै वहाँले पत्रकार महासंघ लगायतका संस्थाहरुको सक्रियतापनि जरुरी रहेको बताउनुभयो ।सरकारी सञ्चार माध्यममा काम गर्नेले तोकिएको पारिश्रमिक पाए पनि निजी सञ्चार माध्यममा काम गर्नेको हकमा समस्या रहेकोले श्रमजिवीपत्रकार ऐनको औचित्य माथि प्रश्न उठिरहेको मन्त्री बाँस्कोटाको भनाई थियो ।
कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले नयाँ ऐन बनाउँदा सरोकारवालाहरु संग छलफल गर्न सुझाव लिएर बनाउन र श्रमजिवीपत्रकार ऐनमा पत्रकारहरुको हितमा गरिएका व्यवस्थालाई यथावतै राख्नुपर्ने खाँचो औल्याउनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्य क्षविपुल पोखरेल , बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसींह बाडे, फोनिजका अध्यक्ष डण्ड गुरुङ, धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मा , नेपालपत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष भोला थापा र महासंघका शाखा सचिव नगेन्द्र अधिकारी लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो। सोहि कार्यक्रमका अवसरमा मन्त्री बाँस्कोटाले महासंघको काभ्रे शाखाको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो।

हिरा बिसुराल
प्रतिवेदक

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology